May 16, 2022

दुलेगौँडा । तनहुँको शुक्लागण्डकी नगरपालिका ५ गल्छिनामा एक युवाको शव फेला परेको छ ।

उक्त शव गत शुक्रबारदेखि हराईरहेका बेलचौताराका विशाल ढुँगानाको रहेको ईलाका प्रहरी निरिक्षक भोजराज पाण्डेले जानकारी दिए । गल्छिनास्थित रहेका कव्रस्थान खोल्सीमा ३० वर्षीय ढुँगानाको शव फेला परेको थियो ।

प्रहरीले शनिबार राति नै विज्ञ चिकित्सक सहित घटना स्थलमा पुगेर मुचुल्का तयार पारी शव उठाएको छ । पोष्ट मार्टमपश्चात मात्र घटनाको प्रकृतीबारेमा जानकारी दिन सकिने प्रहरी निरिक्षक पाण्डेले बताए । उनको शव पोष्टमार्टमको लागि दमौली ल्याइएको छ ।

Leave a Reply

Your email address will not be published.