शुक्लागण्डकीका ढुंगानाको हत्याको आरोपमा ३ जना पक्राउ (नामावली सहित)

Byकिरण श्रेष्ठ

११ बैशाख २०७९, आईतवार २०:३७ ११ बैशाख २०७९, आईतवार २०:३७ ११ बैशाख २०७९, आईतवार २०:३७

तनहुँ । तनहुँको शुक्लागण्डकी-५ गल्छिनाका २९ वर्षीय विशाल ढुंगानाको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं १० बस्ने ३८ वर्षीय बिमल सुनार, शुक्लागण्डकी नगरपालिका वडा नं ८ बस्ने २५ वर्षीय सुशिल बि क र शुक्लागण्डकी नगरपालिका वडा नं ३ बस्ने ४७ वर्षीय होम बहादुर वि.क रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

ढुंगाना गत वैशाख ८ गते बिहिबारबाट घर परिवारसँग सम्पर्क बिहिन रहेका थिए । ढुंगाना परिवारको सम्पर्कमा नभएको भनि ईलाका प्रहरी कार्यालय बेलचौतारामा शुक्रबार घरपरिवारबाट लिखित निबेदन दिएकोमा आएको थियो ।

सोही निवेदनका आधारमा हुलिया परिपत्र गरी खोजतलास गर्दै जाने क्रममा शनिबार राती ११ बजेको समयमा जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं ४ र वडा नं ५ को सिमाना कबरस्थान स्थित पानी जमेको खोल्सामा ढुंगानाको शव फेला परेको थियो ।

मृत अवस्थामा फेला परेको र घटना सम्बन्धमा अनुसन्धान गर्दै जाँदा घट्नामा संलग्न ३ जनालाई ईलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान शुक्लागण्डकी नगरपालिका वडा नं १० ढोरफिर्दीबाट पक्राउ गरेको थियो ।

आइतबार तनहुँ जिल्ला अदालतबाट दिन १२ को म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए ।

यो पनि :

बेलचौताराका विशाल खोल्सामा मृत भेटिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *