बसमा सवार यात्रुको ७ तोला सुनका गहना चोर्ने ४ जना सुनसहित पक्राउ

Byकिरण श्रेष्ठ

१२ बैशाख २०७९, सोमबार १९:२४ १२ बैशाख २०७९, सोमबार १९:२४ १२ बैशाख २०७९, सोमबार १९:२४

तनहुँ । बसमा सवार यात्रुको सुन चोर्ने ४ जना सुन सहित पक्राउ परेका छन् । आइतबार काठमाडौबाट पोखरातर्फ आउदै गरेको ना ६ ख ६४३८ नं. को बसमा सवार बाग्लुङ निवासी बर्ष ५८ कि निलकुमारि पौडेल र पर्वत निवासी बर्ष ४२ की पार्वती बडुवालको व्यागमा रहेको वाला, औंठी, सिक्री लगायतका सुनका बिभिन्न गहनाहरु चोरी भएको थियो ।

उक्त जानकारी प्रहरी चौकी डुम्रे तनहुँमा जानकरी प्राप्त हुनासाथ प्रहरी नायब निरीक्षक बिरेन्द्र खड्काको नेतृत्वमा खटिएको टोलीले खोजतलास गर्दै जांदा बन्दिपुर गाउँपालिका वडा नं. १ स्थित गुरुङटारबाट बन्दीपुरतर्फ भाग्दै गरेको अवस्थामा ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्सा जितपुरसिमरा उपमहानगरपालिका वडा नं. ३ बस्ने २० वर्षिया दिपा मुसहर, सोही स्थानकी २५ वर्षिया खुश्बु मुसहर, १९ वर्षिया प्रियंका मुसहर र १८ वर्षिया फूलकुमारी मुसहर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

विभिन्न किसिमका अन्दाजी ७ तोलाका सुनका गर-गहना सहित ४ जनालाई पक्राउ गरी चोरी मुद्धामा तनहुँ जिल्ला अदालतबाट १२ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *