तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकामा नेकपा एमालेका तर्फबाट अध्यक्षमा सुरेन्द्र थापाले मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्ता गरेपछि उनले संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वाधार र सामाजिक जीवनका दृष्टिले उत्कृष्ट पालिका बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले मतदातालाई अपिल गर्दै अन्तरआत्माको आवाज सुनेर उपयुक्त व्यक्तिलाई मतदान गर्न आग्रह गरेका छन्।

यस्तै उपाध्यक्षमा फुलमती थापाको मनोनयन दर्ता भएको छ । एमाले पार्टी कार्यालयबाट बाजागाजासहित निर्वाचन अधिकृतकाे कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

यस्तै वडाध्यक्षहरुमा वडा नं १ बाट शिवकुमार श्रेष्ठ, वडा नं २ बाट कृष्ण बहादुर कार्की, वडा नं ३ बाट रेशम बहादुर थापा, वडा नं ४ बाट दान बहादुर थापा, वडा नं ५ बाट मिम बहादुर थापा र वडा नं ६ बाट बल बहादुर गुरुङले उम्मेद्वारी दर्ता गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *