म्याग्दे । नेकपा एमालेबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा श्रीप्रसाद श्रेष्ठले उम्मेद्वारी दर्ता गरेका छन् । नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका श्रेष्ठले सोमबार गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दर्ता गरेका हुन् ।

यसैगरी गाउँपालिका उपाध्यक्षमा रत्ना घिमिरेको उम्मेदवारी परेको छ । जिल्ला सदस्य रहेकी उनी एमालेको इन्चार्ज हुन् ।

यसैगरी एमालेबाट म्याग्दे गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा मणिभद्र वाग्ले, २ को अध्यक्षमा हरिकृष्ण श्रेष्ठ, ३ को अध्यक्षमा टुकराज अधिकारी, ४ को अध्यक्षमा ज्योतिकुमार श्रेष्ठ, ५ को अध्यक्षमा श्रीकुमार थापा, ६ को अध्यक्षमा निर्मला वाग्ले र ७ को अध्यक्षमा बसन्तकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *