तनहुँ । तनहुँको व्यास नगरपालिकाको नेतृत्वको लागि मेयर पदमा १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि व्यासको नेतृत्व आइतबार र सोमबार गरी १३ जनाको उम्मेदवारी परेको छ ।

राजनीतिक दलको तर्फबाट मेयरमा ९ जनाको उम्मेदवारी परेको छ भने ४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

व्यास नगरपालिकाको मेयर पदका लागि नेपाली काङ्ग्रेसबाट निवर्तमान नगरप्रमुख वैकुण्ठ न्यौपानेले पुनः उम्मेदवारी दिएका छन् ।

त्यस्तैगरी व्यास नगरपालिकाको प्रमुखमा नेकपा एमाले तनहुँ र कांग्रेस नेता गोविन्दराज जोशी समूहको गठबन्धनबाट उनका छोरा दिपकराज जोशीले स्वतन्त्रबाट नगरप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् ।

माओवादी केन्द्रबाट अतिन्द्रकेशरी न्यौपानेले नगरप्रमुखमा उम्मेदवारी दिएका छन् ।

एकीकृत समाजवादीबाट मेयरमा शंकरनारायण श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दौलत अधिकारी(राजु)ले उम्मेदवारी दर्ता गराएका छन् ।

आइतबार मनोनयन दर्ताको पहिलो दिन विवेकशील साझा पार्टीबाट व्यासकोे मेयर पदका लागि रमेशप्रसाद आचार्यले उम्मेदवारी दर्ता गराएका हुन ।

मंगोल नेशनल अर्गनाइजेसनबाट अनिता थापाले पनि मेयर पदका लागि उम्मेदवारी दर्ता गराएकी छन् ।

नेकपा (माक्सर्वादी लेनिनवादी)बाट अन्जना थापा, राष्ट्रिय जनमुक्ति पार्टीबाट मिना थापा, मौलिक जरोकिलो पार्टीबाट रमेश पौडेलले पनि मेयर पदका लागि उम्मेदवारी दर्ता गराएका छन ।

स्वतन्त्रबाट पार्वती कार्की, वृषराज श्रेष्ठ र धन बहादुर परियारले नगरप्रमुखका लागि उम्मेदवारी दर्ता गराएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *