तनहुँ । तनहुँकाे बन्दिपुर गाउँपालिकाकाे अध्यक्ष पद्का स्वतन्त्र उम्मेदवार मानकाजी श्रेष्ठको सम्पर्क कार्यालयकाे बुधबार उद्घाटन गरिएकाे छ । काँग्रेसका स्थानीय वयोवृद्ध बिहारीलाल श्रेष्ठ र स्वतन्त्र उम्मेदवार श्रेष्ठले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।

कार्यक्रममा नेपाली काँग्रेस बन्दिपुर २ का पार्टी सभापति नारायण खड्का, ६ का सभापति खुराक जंग गुरुङ, तरुण दलका जिल्ला सदस्य पुरण आले, नेपाल मुस्लिम संघ तनहुँका अध्यक्ष नेक महम्मद मिया, महिला नेतृ सबिना गुरुङ लगाएतकाले नेपाली काँग्रेसका हस्ती मानकाजी श्रेष्ठलाई पार्टीले टिकट नदिनु घाेर अन्याय भएकाे भन्दै तत्काल सम्बाेधन नभए बन्दिपुरका काँग्रेसले जित हासिल गर्न अप्ठ्यारो पर्ने धारणा राखेका थिए ।

कार्यक्रममा स्वतन्त्र उम्मेदवार श्रेष्ठले सामाजिक क्षेत्रमा आँफूले गरेकाे याेगदान र पार्टी प्रति गरेकाे याेगदानका आधारमा बन्दिपुरका जनताले अत्यधिक मतका साथ विजयी गराउनेमा ढुक्क रहेकाे भन्दै समृद्ध बन्दिपुर बिकासकाे लागि आँफू हरपल लागि पर्ने बताए ।

यसैबीच बन्दिपुर गाउँपालिकाका अध्यक्ष पद्का उम्मेदवार मानकाजी श्रेष्ठले पार्टीबाट बुधबार राजिनामा दिएका छन् । पार्टीमा आफ्नाे कृयाशिल सदस्यता नरहने गरि राजिनामा दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *