May 17, 2022

तनहुँ । लागुऔषध सहित २ जनालाई पक्राउ परेको छ ।

जिल्लाको आँबुखैरेनी-४ बेनीटार स्थितमा अस्थायी प्रहरी बिट मुग्लिन पुलजिप तनहुँबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा दुई जना पक्राउ गरेको हो ।

रुपन्देहीको ओमसतिया नगरपालिका वडा नं ५ बस्ने ३७ वर्षीय सुनिल कहार र रुपन्देहीको देवदह नगरपालिका वडा नं १२ का २० वर्षीय सहरे आलम पठानलाई प्रहरीले पक्राउ गरेको हो ।

सुनौलीबाट पोखरातर्फ जादै गरेको बसमा सवार उनिहरुले भिरेको दोकाधे झोला भित्र लुकाई ल्याएको लागुऔषध डाईजेपामको शिशी ४८ एम्पुल बुप्रिन नुर्फिनको शिशी ४९ एम्पुल र फेनरागनको शिशी ५० एम्पुल गरी जम्मा १४७ एम्पुल लागूऔषध सहित उनिहरुलाई पक्राउ गरेको हो ।

दुबैजनालाई उक्त लागूऔषध सहित नियन्त्रणमा लिइ मंगलबार जिल्ला अदालत तनहुँबाट म्याग्द थप लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.