December 8, 2022

काठमाडौ । म्यादी प्रहरीको पोशाक लगाएर भाइरल भिडिओ बनाउने एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका–४ का १६ वर्षीय नवराज रेग्मी रहेका छन् ।

कपिलवस्तु घर भएका उनलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

उनले बनाएको भिडिओ सामाजिक संजाल फेसबुक, टिकटक लगाएतमा भाइरल भईरहेकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *