तनहुँ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आजको तनहुँको दमौली आउने कार्यक्रम रहेकोे छ ।

स्थानीय तहको निर्वाचन लक्षित गरी पार्टीले देशैभर तय गरेको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री समेत रहेका देउवा शनिबार दमौली आउन लागेको नेपाली काङ्ग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए ।

प्रधानमन्त्री देउवासँगै पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता प्रकाशशरण महत दमौलीमा हुने चुनावी सभामा सम्बोधन गर्न आउन लागेका हुन ।

काङ्ग्रेसले तनहुँका ४ स्थानीय तहको प्रमुख/उपप्रमुखमा तालमेल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *