तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले परिवर्तन, व्यवस्था र संविधानलाई जोगाउनको लागी र नेपालको विकासलाई अगाडी बढाउँनको लागी प्रगतिशिल शक्तिहरुको एकता भएको बताए ।

उनले सो कुरा तनहुँको दमौलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै बताएका हुन । वरिष्ठ नेता पौडेलले राजनैतिक अस्थिरतालाई रोक्न गठबन्धन बनेको बताए । प्रगतिशिल विचार बोकेका शक्तिहरुबीच एकता भएको बताउदै पौडेलले गठबन्धन राष्ट्रको हितमा रहेको दावि गरे ।

केही व्यक्तिहरु गठबन्धनका बारेमा अनावश्यक अफवाह फैलाएर गठबन्धन कमजोर बनाउन लागि परेको पौडेलले आरोप लगाए । गठबन्धन लेनदेनको सम्झौता भएको बताउदै पौडेलले भने ‘सर्वनाश हुनुभन्दा अर्धनाश वेश भन्ने ठहर गरी गठबन्धन अगाडि सारेका हौं’।

उनले अगाडी थपे ‘गठबन्धन किन चाईय़ो भन्दा राजा महेन्द्रले १७ साल ल्याएर संसद फाले र राजा ज्ञानेन्द्रले संसद फालेर तानाशाही चलाए जस्तै केपी ओलीले पनि संसदलाई दुई-तीन फेर फालेर फेरी अदालतले फर्काएको संसद पनि चलन नदिएर संसदीय व्यवस्था लाई निरन्तर प्रहार गरे त्यसकै लागी गठबन्धन बन्यो ।’

नेपालमा राजनीति स्थिरतालाई कायम हुन नदिनी, मुलुकलाइ स्थायी रुपमा राजनीतिक स्थिरता कायम गरेर विकास हामीलाई नदिने जहिले पनि नेपाली लाई गरिबी बनाएर राख्नु पर्नी नेपाल अविकसित भएर बस्नु पर्ने अवस्था आएको नेता पौडेलले बताए । राजनीतिक अस्थिरताको प्रतिक केपी ओली बनेको नेता पौडेलको आरोप छ ।

‘केपी ओलीलाई निमित्त नायक बनाएर मुलुकलाई अस्थिरता तिर लैजाने ग्राण्ड डिजाइन यहाँ चलेको छ ।’ नेता पौडेलले भने ‘त्यो अस्थिरतालाई रोक्न गठबन्धन बनेको हो ।’

कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत, केन्द्रिय सदस्यहरु शंकर भण्डारी, गोविन्द भटराई, प्रदीप पौडेल, धुव्र वाग्ले, तनहुँ कांग्रेसका सभापति जीत प्रकाश आले नेपाली कांग्रेसका पूर्व सभापति एवम् व्यास नगरपालिकाका मेयर पदका उम्मेदवार बैकुण्ठनाथ न्यौपाने, राष्ट्रिय सभा सदस्य प्रकाश पन्थ, गण्डकी प्रदेशका मन्त्री दोवाटे विक, तनहुँ कांग्रेसका उपसभापति देवकुमार श्रेष्ठ, महिला संघ तनहुँकी सभापति पवित्रा पौडेल, व्यास नगर कांग्रेसका सभापति सुर्यचन्द्र हड्खले, जिल्ला सचिव लक्ष्मीभक्त खनाल लगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *