तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेबाट उम्मेदवारी दिएका मुक्तिनाथ तिम्सिना अहिले मत माग्दै घरदैलो अभियानमा छन् । मतदाताको घरआगनमा पुग्दा हौसिएका उनी नेकपा एमाले शुक्लागण्डकी नगर कमिटीका अध्यक्ष समेत हुन् ।

पिता उमकान्त तिम्सिना र माता निरमायाको कोखबाट खैरेनीटारमा जन्मिएका ५५ वर्षि मुक्तिले प्राथमिक तहको शिक्षा सरस्वती निमावि र मावि तह खैरेनी माविबाट प्राप्त गरेका थिए । विद्यालयमा अध्ययन गर्दा अनेरास्ववीयुको सदस्य भएर स्ववियुको चुनावमा सरिक उनी २०४२ सालमा पोखराको पृथ्वीनारायण क्याम्पस पढ्दा अनेरास्ववीयु हुदै मालेको भूमिगत शेल्टरमा बसेर नेताहरुलाई सहयोग गरेका थिए ।

वि.स. २०४३ को आम निर्वाचनमा पोखराको नदिपुर बुथको सुरक्षा र प्रतिनिधी हुदै २०४६ मा तनहुँको जामुने गाउँ पार्टी सकृय दल कमिटीमा बसेर १ वर्ष काम गरेपछि उनले बहुदलपछि २०४७ सालमा संगठित सदस्य प्राप्त गरे । क्याम्पसमा अध्ययन गर्दै हालका केन्द्रिय स्तरका नेताहरुसँग सम्पर्कमा रहि पार्टीको निर्देशन अनुसार सुरक्षा र पत्र आदानप्रदान आन्दोलनमा उनी सहभागि भएका थिए ।

वि.स. २०४९ सालमा नेकपा मालेको खैरेनीटार गाउँ कमिटीको सचिव, इलाका नं. १२ को उपसचिव हुँदै सचिव, क्षेत्रिय कमिटी सदस्य हुदै क्षेत्रिय अध्यक्ष भए । वि.स. २०६९ मा जिल्ला कमिटी सदस्य भएका उनी नेकपा हुँदा शुक्लागण्डकी नगर कमिटीको अध्यक्ष र एमालेको अधिवेशन पछि निर्विरोध अध्यक्ष निर्वाचित भए । उनी २०५५ सालमा भानुभक्त बहुमुखी क्याम्पस बलेचौताराका स्ववीयु सभापति भए ।

राजनितिसँगै उनी विभिन्न सामाजिक संघ संस्था र व्यवसायिक संस्थामा पनि आवद्ध छन् । सामुदायिक वनमा २०५४ सालमा सिमलचौर वनको उपाध्यक्ष, दुलेगौंडा रेन्ज पोस्टको अध्यक्ष, सामुदायिक वन महासंघको जिल्ला सचिव हुँदै जिल्ला अध्यक्ष भए । हाल केन्द्रिय सदस्य तथा तनहुँ इन्चार्ज समेत हुन । साथै निजिवन बिकास सन्झाल तनहुँको संस्थापक जिल्ला अध्यक्ष, पारिवारिक निजिवन संघको जिल्ला संयोजक हुदै अहिले केन्द्रिय उपाध्यक्ष तथा गण्डकी प्रदेश इन्चार्जको जिम्मेवारी निर्वाह गरेका छन् ।

वैदेशिक यात्राका क्रममा भारत, सिगांपुर र अमेरिका पुगेका उनी तनहुँ यातायात व्यवसायी समितिका सल्लाहकार भिर्गु त्रिवेणीधाम शबदहन प्रबिधी मैत्रीका संस्थापक सदस्य , खैरेनी युवा क्लबको उपाध्यक्ष, मदन आश्रित पार्कको संस्थापक अध्यक्ष, सेतीगंगा समुदायिक अस्पतालको संस्थापक सदस्य, सहिद कृष्णको शालिकसहित पार्क निर्माण अध्यक्ष, जेष्ठ नगरिक वृद्धाश्रमको संस्थापक सदस्य, खैरेनी मा. वि. को व्यवस्थापन समितिको अध्यक्ष , युवा संघको क्षेत्रिय अध्यक्ष, जिल्ला सचिवालय सदस्य, मदन भण्डारी फाउन्डेसनको जिल्ला सचिव भए ।

व्यवसयिक पाटोतर्फ शान्ति इन्टरप्राइजेज, खनाल गिट्टी बालुवा उद्योग, कर्यसिद्द्धी निर्माण उद्योग, सहरी आवस फर्म प्रा लि, हाल संचालनमा रहेको गण्डकी एग्रो फर्म प्रा लि तनहुँ अध्यक्ष र भानु एग्रो रिसोर्ट प्रा लिका अध्यक्ष हुन् । उनी रोयल सहकारी, नेपाल बचत तथा ऋण सहकारी र शुक्ला कृषि पर्यटन सहकारीमा पनि आवद्ध छन् ।

हालसम्म कुनै पनि लाभको पदमा नपुगेका उनी जनताकोबीचमा जान रुचाउँछन् । जनताको घरदैलोमा पुग्दै कुरा भन्दा काममा तल्लिन उनी आगामी निर्वाचनमा नगरवासीको अत्याधिक मत आउनेमा विश्वस्त छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *