व्यास नगरपालिकाको उप-मेयरका उम्मेदवार बसुन्धरा र इन्दिराले गरिन् मतदान

Byकिरण श्रेष्ठ

३० बैशाख २०७९, शुक्रबार ११:०७ ३० बैशाख २०७९, शुक्रबार ११:०७ ३० बैशाख २०७९, शुक्रबार ११:०७

तनहुँ । तनहुँको व्यास नगरपालिकाको उप-मेयर(उपप्रमुख) पदका उम्मेदवार बसुन्धरा घर्ती र इन्दिरा दरैले मतदान छन् । घर्ती र दरैले आ -आफ्नो मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

नेकपा एमालेबाट उम्मेदवार बनेकी घर्तीले व्यास-४ मदर्सा प्रावि मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।

यस्तै नेपाली काङ्ग्रेसबाट उम्मेदवार बनेकी इन्दिरा दरै व्यास-१ जलदेवी मावि मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।

व्यास उपमेयरमा अन्य उम्मेदवार भएतापनि मुख्य प्रतिस्पर्धा भने घर्ती र दरै बीच नै हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *