तनहुँमा धमाधम मतदान: दिउँसो १ बजेसम्म ५० प्रतिशत मत खस्यो, अवस्था शान्तिपूर्ण

Byकिरण श्रेष्ठ

३० बैशाख २०७९, शुक्रबार १३:१९ ३० बैशाख २०७९, शुक्रबार १३:१९ ३० बैशाख २०७९, शुक्रबार १३:१९

तनहुँ । स्थानीय तहका लागि भइरहेको मतदानमा दिउँसो १ बजेसम्म तनहुँमा ५० प्रतिशत मत खसेको छ ।

मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाका अनुसार बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म ५० प्रतिशतको हाराहारीमा मतदान भएको हो । तनहुँका सबै मतदान केन्द्रमा शान्तिपुर्ण तरिकाले मतदान भईरहेको मुख्य निर्वाचन अधिकृत ढुंगानाले जानकारी दिए ।

तनहुँमा कुल २ सय ९७ मतदान केन्द्र तथा १ सय ३६ मतदान स्थल रहेको छ । यसका लागि १ हजार ४ सय ८५ जना कर्मचारी खटाइएको जिल्ला निर्वाचन कार्यलय तनहुँका प्रमुख हरि प्रसाद ढकालले बताए ।

जिल्लामा ४४४ पदका लागि १ हजार ६३६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तनहुँको देवघाट गाउँपालिका–३ को दलित महिला सदस्यमा ४१ वर्षीया मनमाया विक निर्विरोध निर्वाचित भइसकेकी छिन्।

जिल्लामा कूल दुई लाख ४४ हजार ३४० जनाले मतदान गर्न पाउने छन् । जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार जिल्लामा एक लाख १७ हजार १३४ पुरुष र एक लाख २७ हजार २०६ महिला मतदाता रहेका छन् ।

यो पनि :

तनहुँमा ११ बजेसम्म ३५ प्रतिशत मत खस्यो, जिल्लाभर शान्तिपुर्ण तरिकाले मतदान हुँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *