June 3, 2023

तनहुँ । तनहुँको आँबुखैरेनीमा अर्काको नामबाट मतदान गर्न आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा आँबुखैरेनी-१ का नविन दवाडी र अरुण गुरुङ रहेकोे ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख निरज डाँगीले जानकारी दिए ।

आँबुखैरेनी गाउँपालिका वडा नं. १ स्थित मित्रता मावि सत्रसय मतदान केन्द्रमा अर्कैको नाममा मतदान गर्ने २ जनालाई पक्राउ गरी प्रहरीले नियन्त्रणमा राखेको छ ।

मतदान केन्द्रमा अर्को व्यक्तिको कार्ड बोकेर आएका उनिहरु नाम रुजु गर्ने समयमा पक्राउ परेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Holler Box