May 17, 2022

dav

तनहुँ । तनहुँको व्यास नगरपालिकाको मेयरका घाइते उम्मेदवार दीपक राज जोशीलाई पोखरा लगिएको छ ।

दमौली अस्पतालमा प्राथमिक उपचार पश्चात घाइते जोशीलाई थप उपचारका लागी पोखरा लगिएको छ ।

जोशीको टाउकोमा गम्भीर चोट लागेको दमौली  अस्पताल स्रोतले जनाएको छ ।

जिल्लाको व्यास नगरपालिका वडा नम्बर ८ रिस्तीमा काङ्ग्रेस कार्यकर्ताबाट कुटपिटमा परेर मयरका उम्मेदवार जोशी घाइते भएका हुन ।

स्थानीय तह निर्वाचन अन्तरगत शुक्रबार भइरहेको मतदान कार्यको निरीक्षण गर्न पुगेका जोशीमाथि कुटपिट भएको हो ।

कुटपिट संगै उनि सवार गाडी तोडफोड गरिएको छ । गाडी सिसा फुटाइएको छ । उक्त गाडी रोकिराखेको स्थानबाट काङ्ग्रेस कार्यकर्ताले पल्टाइदिएका थिए ।

Leave a Reply

Your email address will not be published.