स्थानीय तह निर्वाचन: तनहुँमा ६४.३ प्रतिशत मत खस्यो

Byकिरण श्रेष्ठ

३० बैशाख २०७९, शुक्रबार १९:०० ३० बैशाख २०७९, शुक्रबार १९:०० ३० बैशाख २०७९, शुक्रबार १९:००

तनहुँ । स्थानीय तह निर्वाचनमा तनहुँ जिल्लामा ६४.३ प्रतिशत मत खसेको छ । वैशाख ३० गते शुक्रबार खसेको तनहुँका दश वटै पालिका र ८५ वटा वडाको हो ।

जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार आँबुखैरेनी गाउँपालिकामा ९ हजार २७८, ऋषिङ गाउँपालिकामा १० हजार ६७७, घिरिङ गाउँपालिकामा ८ हजार ७१८, देवघाट गाउँपालिकामा ८ हजार ६४७ बन्दीपुर गाउँपालिकामा १० हजार २०५ मत खसेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

त्यस्तै गरी भानु नगरपालिकामा २५ हजार ५६३, भिमाद नगरपालिकामा १६ हजार १४९, म्याग्दे गाउँपालिकामा ११ हजार ९४३, व्यास नगरपालिकामा ३० हजार १७४, र शुक्लागण्डकी नगरपालिकामा २५ हजार ७५८ मत खसेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

तनहुँ जिल्लामा कुल १ लाख ५७ हजार ११२ मत खसेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरि प्रसाद ढकालले जानकारी दिए । जसको प्रतिशतमा ६४.३० हुने उनले जानकारी दिए ।

तनहुँमा कुल मतदाता संख्या २ लाख ४४ हजार ३४० रहेको छ । जसमा १ लाख २७ हजार २०६ महिला र १ लाख १७ हजार १३४ पुरुष रहेका छन् । तनहुँमा १३६ मतदाङ स्थल र २९७ मतदान केन्द्र रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *