तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाको मतगणना भईरहेको छ । गाउँपालिकामा कुल खसेको मतमा ६७९ मत गनिएको छ । जसअनुसार अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस अगाडी देखिएको छ ।

अध्यक्षमा नेकपा एमालेका उम्मेदवारले ३२१ मत, नेपाली काग्रेसका उम्मेदवारले २३७ मत र नेकपा माओवादी केन्द्रका उम्मेदवारले ४५ मत पाएका छन् ।

यस्तै गाउँपालिकाको उपाध्यक्षमा नेपाली काग्रेसका उम्मेदवारले २८४ मत, नेकपा एमालेका उम्मेदवारले २६१ मत र नेकपा माओवादी केन्द्रका उम्मेदवारले ३७ मत पाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *