तनहुँको आँबुखैरेनी गाउँपालिकामा माओवादी नै अगाडी, ३ सय मत गणना

Byकिरण श्रेष्ठ

३१ बैशाख २०७९, शनिबार १४:३४ ३१ बैशाख २०७९, शनिबार १४:३४ ३१ बैशाख २०७९, शनिबार १४:३४

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा नेकपा माओवादी केन्द्र नै अगाडी रहेको छ । अहिलेसम्म आँबुखैरेनी-१ मा ३ सय मत गणना भएको उक्त पालिकामा नेकपा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार शुक्र चुमानले १४८ मत पाएका छन् । यस्तै माओवादीकी उपाध्यक्ष उम्मेदवार दुर्गा अर्यालले १११ मत पाएकी छिन ।

यस्तै नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षका उम्मेदवार गिर बहादुर थापाले ६८ मत पाएका छन् भने उपाध्यक्षकी उम्मेदवार पवित्रा गौलीले ६५ मत पाएकी छिन ।

त्यसैगरी नेकपा एमालेबाट गाउँपालिका अध्यक्षका उम्मेदवार ऋषि केसीले ४६ मत र उपाध्यक्षकी उम्मेदवार मीना अधिकारीले ८१ मत पाएकी छिन ।

यस्तै आँबुखैरेनी-१ का वडाअध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवारले १४५, नेपाली कांग्रेसका उम्मेदवारले ६८ र नेकपा एमालेका उम्मेदवारले ५० मत पाएका छन् ।

आँबुखैरेनी गाउँपालिकामा अहिले सम्म नेकपा माओवादी केन्द्रले नै अग्रता लिइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *