तनहुँ । तनहुँको नेकपा माओवादी केन्द्रले विजय यात्रा सुरु गरेको छ । जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नम्बर १ मा पुरै प्यानल नै विजयी भएको छ ।

आँबूखैरेनि गाउपालिका वडा न १ मा मावोबादी केन्द्र प्यानल बिजयी भएको छ । वडाध्यक्षमा माओवादी केन्द्रका प्रेम बहादुर गुरुङले ८५९ मत ल्याएर बिजयी भएका हुन् ।
उनका प्रतिद्वन्दी काँग्रेसका किशन थापाले ४१५ एमालेका खिल बहादुर रानाले ३५१ मत पाए ।

यस्तै नेकपा माओवादीबाट महिला वडासदस्यकी उम्मेदवार बसुन्धरा गौलीले ७५२, दलित महिला सदस्य शुशिला नेपालीले ८०८, खुल्ला सदस्य कुमार बहादुर मगरले ७४८ र खुल्ला सदस्य हरि बहादुर गुरुङले ७५२ मत ल्याएर बिजयी भएका हुन् ।

आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षमा पनि नेकपा माओवादी केन्द्र नै अगाडी रहेको छ ।

पछिल्लो अपडेट अनुसार आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका शुक्र चुमानले ८७५, काँग्रेसका गिर बहादुर थापाले ४०३, एमालेका ऋषि के.सी.ले ३०६ मत पाएका छन् ।

उपाध्यक्षमा माओवादी केन्द्रका दुर्गा अर्यालले ६६२, काँग्रेसका पवित्रा गौलीले ३६२, एमालेका मीना अधिकारीले ३०६ मत पाएकी छिन ।

यो पनि :

तनहुँको आँबुखैरेनी गाउँपालिकामा माओवादी नै अगाडी, ३ सय मत गणना

Leave a Reply

Your email address will not be published. Required fields are marked *