
भिमाद । तनहुँको भिमाद नगरपालिका-१ को वडाध्यक्षमा नेपाली काङ्ग्रेसका दिपक आले विजयी भएका छन् । शनिबार सम्पन्न मतपरिणाम अनुसार आले १ हजार ५९ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दि नेकपा एमालेका बलबहादुर थापाले १ हजार २ मत पाए ।
यस्तै उक्त वडाको सदस्यमा भने नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेबाट महिला वडा सदस्यले १ हजार ९६, दलित महिला वडा सदस्यले १ हजार ७८, वडा सदस्यले १ हजार ७२ र १ हजार १०२ मत पाएर विजयी भएको निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिए ।
नेपाली काङ्ग्रेसबाट महिला वडा सदस्यले ९४०, दलित महिला सदस्यले ९३६, वडा सदस्यले ८८० र ८८० मत प्राप्त गरेका छन् ।