आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ । आँबुखैरेनी-२ को वडाअध्यक्षमा माओवादी केन्द्रका आशबहादुर गुरुङ विजयी भएका छन् ।

गुरुङले ६६७ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका सरोज पन्तले ४३५ मत प्राप्त गरेका छन् ।

यस्तै आँबुखैरेनी-२ को महिला सदस्यमा माओवादी केन्द्रका टङ्ककुमारी सिंजाली मगरले ७०३, दलित महिला सदस्यमा सम्झना सुनारले ७११, खुल्ला सदस्यमा कमलबहादुर मगरले ६५८ र बासुदेव थापाले ६५५ मत प्राप्त गरी विजयी भएका छन् ।

आँबुखैरेनी गाउँपालिका वडा नम्बर १ मा पनि नेकपा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ । आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पनि नेकपा माओवादी केन्द्रले अग्रता लिइरहेको छ ।

यो पनि :

तनहुँको आँबुखैरेनी गाउँपालिकामा माओवादी नै अगाडी, ३ सय मत गणना

Leave a Reply

Your email address will not be published. Required fields are marked *