देवघाट । तनहुँको देवघाट गाउँपालिका-२ मा नेपाली काङ्ग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा मिनबहादुर राना ८५८ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी नेकपा एमालेका हिराबहादुर थापा मगरले ६७५ मत प्राप्त गरे ।

कांग्रेसबाट महिला सदस्यमा हुममाया खाँणले ८२०, दलित महिला सदस्यमा बालकुमारी परियारले ७०६, खुल्ला सदस्यमा पोलबहादुर आलेले ७८६ र यामबहादुर मगरले ८१८ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *