म्याग्दे । तनहुँको म्याग्दे गाउँपालिका-२ को वडाध्यक्षमा नेपाली काङ्ग्रेसका शिवबहादुर क्षेत्री निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार ८८९ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ८७५ मत प्राप्त गरे ।

सदस्यमा नेपाली काङ्ग्रेसका रमेश क्षेत्री ८९४, नेकपा एमालेका महेन्दबहादुर रानाभाट ८३५, महिला सदस्यमा नेपाली काङ्ग्रेसका सीता कुमाल ८८९ र दलित महिला सदस्यमा नेपाली काङ्ग्रेसकै कल्पना परियार ८३९ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

२०७४ को निर्वाचनमा म्याग्दे-२ नेकपा एमालेले जितेको थियो ।

यो पनि :

तनहुँको म्याग्दे गाउँपालिका-१ को वडाध्यक्षमा एमालेका मणिभद्र वाग्ले विजयी

Leave a Reply

Your email address will not be published. Required fields are marked *