June 25, 2022

म्याग्दे । तनहुँको म्याग्दे गाउँपालिका-६ को वडाध्यक्षमा नेपाली कांग्रेसका हिरालाल गुरुङ विजयी भएका छन् । गुरुङले ७४२ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका निर्मला वाग्लेले ५७५ मत प्राप्त गरिन । यस्तै नेकपा माओवादी केन्द्रका प्रकाश भण्डारीले २५७ मत प्राप्त गरे ।

खुल्ला सदस्यमा नेपाली काङ्ग्रेसका जुक्तराज वाग्ले (भगतबहादुर थापा)ले ७१६, बुद्धिबहादुर थापा ६३९, महिला सदस्यमा नेकपा एमालेका अनु महत श्रेष्ठ ७१३ र दलित महिला सदस्यमा नेपाली काङ्ग्रेसका विष्णुमाया कोइराला ६६२ मत प्राप्त गरी विजयी भएका छन् ।

यो पनि :

 

Leave a Reply

Your email address will not be published.

Holler Box