July 3, 2022

घिरिङ । तनहुँको घिरिङ गाउँपालिका-३ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडाअध्यक्षमा नेकपा एमालेका तहल सिंह थापाले ८४१ मत पाएर विजयी भएका हुन् ।

उनका प्रतिष्पर्धी नेकपा माओवादी केन्द्रका चुन नारायण श्रेष्ठले ४५५ मात पाए । यस्तै नेपाली कांग्रेसका बोम बहादुर रानाले ५० मत पाए ।

यस्तै एमाले बाटै महिला वडा सदस्यमा इश्वरी श्रेष्ठले ८९८ मत, दलित महिला सदस्यमा पार्वती वि.क.ले ८८१ मत, खुल्ला सदस्यमा मनिराज थापाले ८४४ मत र लोक बहादुर गुरुङले ८६० मत पाएर विजयी भएका छन् ।

यो वडामा १ हजार ६०४ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published.

सामाजिक विकास कार्यालय तनहुँ

Holler Box