July 3, 2022

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका-३ को वडाध्यक्षमा नेपाली कांग्रेसका दिनेश केसी विजयी भएका छन् । केसीले १००८ मत ल्याएर विजयी भएका हुन् । वडाध्यक्षमा निर्वाचित केसी यसअघि सोही वडाको सदस्य थिए ।

केसीका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका विमलबाबु रानाले ६०५ मत प्राप्त गरेका छन् । यस्तै नेकपा एमालेका पूर्णबहादुर आलेले ४४९ मत प्राप्त गरेका छन् ।

यस्तै महिला सदस्यमा नेपाली काँग्रेसकी लक्ष्मी श्रेष्ठले ६९०, दलित महिला सदस्यमा नेकपा माओवादीकी शोभा विक ६६३, खुल्ला सदस्यमा नेकपा माओवादीकै खड़कराज थापाले ५६४ र गुनकुमार श्रेष्ठले ४९८ मत प्राप्त गरी विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published.

सामाजिक विकास कार्यालय तनहुँ

Holler Box