June 3, 2023

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका-४ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा मिलन भुजेल ४३३ मतसहित विजयी भएकी छिन् ।

भुजेलको प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका नेत्रबहादुर मगरले २१९ र नेकपा एमालेका वृषबहादुर गुरुङले १७६ मत प्राप्त गरेका छन् ।

महिला सदस्यमा मिनशोभा गुरुङले ४३९, दलित महिला सदस्यमा मनमाया कामीले ४२५, खुल्ला सदस्यमा नेत्र गुरुङले ४२१ र प्रेमबहादुर गुरुङले ३९९ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Holler Box