देवघाट । तनहुँको देवघाट गाउँपालिकाको अध्यक्षमा नेपाली काङ्ग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी) केन्द्रका उम्मेदवार विजयी भएका छन ।

अध्यक्षमा नेपाली काङ्ग्रेसका तिलबहादुर थापा ४ हजार ३०६ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका दुर्गबहादुर थापाले ३ हजार ४८३ मत प्राप्त गरेको निर्वाचन अधिकृत थमनसिं थापाले जानकारी दिए ।

यस्तै उपाध्यक्षमा नेकपा (माओवादी) केन्द्रका भुवनसिं गुरुङ ३ हजार ७२१ मत प्राप्त गरी विजयी भएका छन् । गुरुङका प्रतिस्पर्धी नेकपा एमालेका सावित्री न्यौपानेले ३ हजार ४६७ मत प्राप्त गरे ।

देवघाट गाउँपालिकामा नेपाली काङ्ग्रेसले ३ र नेकपा (एमाले) ले २ वटा वडामा विजय हासिल गरेको छ । नेपाली काङ्ग्रेसले देवघाट वडा नम्बर २, ३ र ५ जितेको छ भने नेकपा (एमाले) ले १ र ४ वडा जितेको छ ।

कूल १२ हजार ८१५ मतदातामध्ये गाउँपालिकामा ८ हजार ६४७ मत खसेको थियो ।

 

          कुन वडामा को विजयी ?

देवघाट गाउँपालिका-१ मा एमालेको प्यानलै विजयी, मनिराज गुरुङ बने वडाअध्यक्ष

देवघाट गाउँपालिका-२ मा काँग्रेसको प्यानल विजयी, वडाअध्यक्षमा मिनबहादुर राना

देवघाट गाउँपालिका-३ मा कांग्रेसको प्यानल विजयी, वडाध्यक्षमा टेक बहादुर आले

देवघाट गाउँपालिका-४ मा एमालेको प्यानल विजयी, वडाअध्यक्षमा मित्रलाल गुरुङ

देवघाट गाउँपालिका-५ को वडाध्यक्षमा कांग्रेसका पूर्णबहादुर कुँवर

Leave a Reply

Your email address will not be published. Required fields are marked *