July 3, 2022

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकामा नेकपा (माओवादी) केन्द्र विजयी भएको छ । माओवादीले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सहित ३ वटा वडा जितेको छ । गाउँपालिकाको अध्यक्षमा माओवादीका युवा नेता शुक्र चुमान र उपाध्यक्षमा दुर्गा अर्याल विजयी भएका छन् ।

सोमबार राति सकिएको मतगणना अनुसार गाउँपालिकाको अध्यक्षमा चुमानले ३ हजार ९४० मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका गिरबहादुर थापाले २ हजार २ ३० मत र नेकपा एमालेका ऋषि केसिले १ हजार ८०४ मत प्राप्त गरे । स्मरण रहोस अध्यक्षमा पराजित कांग्रेसका गिरबहादुर थापा आँबुखैरेनी गाउँपालिकाको निवर्तमान अध्यक्ष हुन् ।

यस्तै गाउँपालिकाको उपाध्यक्षमा माओवादी कै दुर्गा अर्यालले २ हजार ८४८ मत प्राप्त गरी विजयी भएकी छिन । अर्यालको प्रतिस्पर्धी नेपाली काङ्ग्रेसकी पवित्रा गौलीले २ हजार १८३ मत र नेकपा एमालेकी मिना अधिकारीले २ हजार १ सय २७ मत प्राप्त गरीन ।

आँबुखैरेनी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अध्यक्ष, उपाध्यक्षसहित ३ वटा वडाध्यक्ष, नेपाली काग्रेसले २ वटा वडाध्यक्ष र नेकपा एमालेले एउटा वडाध्यक्ष जितेको छ ।

माओवादीले आँबुखैरेनीको वडा नम्बर १, २ र ५ मा विजय हासिल गरेको छ । नेपाली काङ्ग्रेसले वडा नम्बर ३ र ४ मा विजय हासिल गरेको छ भने नेकपा एमालेले वडा नम्बर ६ मा विजय हासिल गरेको छ ।

यो जित ऐतिहासिक भएको माओवादी नेताहरुको भनाई छ ।

   कुन वडा को विजयी ?

तनहुँमा माओवादीले खाता खोल्यो: आँबुखैरेनी-१ मा प्यानल नै विजयी, वडाअध्यक्ष बने प्रेम बहादुर गुरुङ

तनहुँको आँबुखैरेनी गाउँपालिका-२ मा माओवादीको प्यानलै विजयी, अध्यक्षमा आशबहादुर गुरुङ

आँबुखैरेनी गाउँपालिका-३ को वडाअध्यक्षमा कांग्रेसका दिनेश केसी विजयी

आँबुखैरेनी गाउँपालिका-४ मा कांग्रेसको प्यानल विजयी, वडाध्यक्षमा मिलन भुजेल

तनहुँको आँबुखैरेनी गाउँपालिका-५ को वडाध्यक्षमा माओवादीका सन्तोष गुरुङ विजयी

तनहुँको आँबुखैरेनी-६ को वडाध्यक्षमा एमालेका दिलीप गुरुङ ३ मतान्तरले विजयी

Leave a Reply

Your email address will not be published.

सामाजिक विकास कार्यालय तनहुँ

Holler Box