भिमाद । तनहुँको भिमाद नगरपालिका-३ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । अन्तिम मतपरिणाम अनुसार एमालेका पदमबहादुर सेन ठकुरी ६३१ मत प्राप्त गरी विजय भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका धनबहादुर थापाले ५०४ मत प्राप्त गरे ।

महिला वडा सदस्यमा एमालेका उमा कुमालले ५९३, दलित महिला सदस्यमा एमालेकै सुमित्रा विकले ५९०, खुल्ला सदस्यमा नारायण आलेले ५७७ र बसन्तसिंह ठकुरीले ५७१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गत २०७४ को निर्वाचनमा यो वडामा नेपाली काङ्ग्रेसले जित हासिल गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *