भानु । तनहुँको भानु नगरपालिकामा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा नेपाली कांग्रेसका बेलाबाहादुर अधिकारी ९२९ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिष्पर्धी नेकपा एमालेका प्रशुराम गिरीले ५७८ मत पाए ।

महिला सदस्यमा शान्ता पण्डितले ८९६ मत, दलित महिला सदस्य सावित्रि कामीले ९४४ मत, खुल्ला सदस्यमा चिरन्जिवी ढकालले ८६६ मत र सुदिप केसीले ९०८ मत ल्याएर विजयी भएका छन् ।
भानु-१२ मा २ हजार ११७ मत खसेको थियो ।

यो वडाबाट मेयरमा कांग्रेसलाई १ हजार ३९, एमालेलाई ४९४ मत आएको छ । यस्तै उपमेयरमा कांग्रेसलाई ९२९ मत, एमाले-जोशी समुह (स्वतन्त्र) लाई २५२ र नेकपा एकीकृत समाजवादीलाई १३५ मत आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *