
भिमाद । तनहुँको भिमाद नगरपालिका-७ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा एमालेका प्रकाश श्रेष्ठ ८४२ मत प्राप्त गरी विजयी भएका छन् ।
श्रेष्ठका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका बद्रीनाथ सुवेदीले ४०५ मत प्राप्त गरे ।
महिला वडा सदस्यमा कृष्णकुमारी कंडेलले ८५३, दलित महिला सदस्य रञ्जना परियारले ८५३, खुल्ला सदस्य जिमबहादुर रानाले ८४६ र श्यामकुमार श्रेष्ठले ८४५ मत प्राप्त गरेका छन् ।