ऋषिङ । तनहुँको ऋषिङ गाउँपालिका-६ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा भक्तबहादुर आले ५६५ मत प्राप्त गरी विजयी भएका छन् ।

आलेका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका छवीलाल आलेले ४७४ मत प्राप्त गरे ।

कांग्रेसबाट महिला वडा सदस्यमा चिनादेवी रानाभाट ५६३, दलित महिला सदस्यमा गोपिनीमाया विक ५७६, खुल्ला सदस्यमा माधवप्रसाद थापा ५४६ र शेरबहादुर आले ५०६ मत प्राप्त गरी विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *