भिमाद । तनहुँको भिमाद नगरपालिका-८ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा एमालेका अण बहादुर शाहीले ८१४ मत प्राप्त गरि विजयी भएका छन् ।

उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका श्याम बहादुर तिवारी (ठकुरी)ले ६४६ मत पाए ।

यस्तै महिला वडा सदस्यमा एमालेकी दमन्ती कुमारी शाहीले ८३२, दलित महिला सदस्यमा पार्वती परियारले ८१६, खुल्ला सदस्यद्वयमा सन्तोष थापाले ८४३ र नारायण भुजेल ८४० मत पाएर विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *