July 3, 2022

शुक्लागण्डकी । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं-१ मा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा कांग्रेसका रविचन्द्र पौडेल विजयी भएका छन् ।

अन्तिम मत परिणाम अनुसार वडा नं-१ मा पौडेलको प्यानल नै विजयी भएको हो । पौडेलले १ हजार ११३ मत पाएर विजयी हुदाँ प्रत्याशी एमालेका रघुनाथ पौडेलले ८४२ मत ल्याए ।

वडा सदस्यतर्फ महिला सदस्यमा लक्ष्मीदेवी भण्डारीको १ हजार १०३, दलित महिला सदस्य विष्णुमाया विश्वकर्मा १ हजार ११०, खुल्ला सदस्यतर्फ मोहम्मद जब्बर मिया १ हजार ५९ र कृष्ण बहादुर गुरुङ्ग १ हजार ७९ मत प्राप्त गरी विजयी भएका छन् ।

वडा अध्यक्ष रविचन्द्र पौडेल र वडा सदस्य मोहम्मद जब्बर मिया पुनः निर्वाचित भएका हुन् । २०७४ को निर्वाचनमा पनि यस वडा काँग्रेसले जितेको थियो ।

Leave a Reply

Your email address will not be published.

सामाजिक विकास कार्यालय तनहुँ

Holler Box