
भिमाद । तनहुँको भिमाद नगरपालिकामा नेकपा एमालेले विजय हासिल गरेको छ । गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेकपा एमालेले प्रमुख, उपप्रमुखसहित ५ वटा वडा जितेको छ ।
भिमाद नगरपालिकाको प्रमुखमा दधिराज सुवेदी ८ हजार १२८ मत प्राप्त गरी विजयी भएका छन् । सुवेदीका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका काजीमान श्रेष्ठले ५ हजार ८५७ मत पाए ।
यस्तै उपप्रमुखमा एमालेकै शारदा खनाल ७ हजार ६६७ मत प्राप्त गरी विजयी भएकी छिनं। खनालको प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका मिलन आलेले ७ हजार २०५ मत पाए ।
भिमाद नगरपालिकाको वडा नम्बर २, ३, ७, ८ र ९ वडा एमालेले जितेको छ । नेपाली काङ्ग्रेसले भिमाद-१, ४, ५, ६ जितेको छ ।
कूल जम्मा २४ हजार ८८४ मतदाता रहेको भिमाद नगरपालिकामा १६ हजार १४९ मत खसेको थियो ।
कुन वडामा को विजयी ?
भिमाद नगरपालिका-२ मा नेकपा एमालेको प्यानल विजयी, वडाध्यक्षमा दिनेशकुमार थापा
भिमाद नगरपालिका-३ मा एमालेको प्यानल विजयी, वडाध्यक्षमा पदमबहादुर सेन ठकुरी
भिमाद नगरपालिका-४ मा कांग्रेसको प्यानल विजयी, वडाध्यक्षमा रामकृष्ण राना
भिमाद नगरपालिका-५ मा कांग्रेसको प्यानल विजयी, वडाध्यक्षमा पदमबहादुर थापा
भिमाद-६ को वडाध्यक्षमा पुन: कांग्रेसका श्यामसुन्दर जोशी विजयी, चार वटै वडा सदस्यमा एमाले
भिमाद नगरपालिका-७ मा एमालेको प्यानल विजयी, दोब्बर मतले वडाध्यक्ष बने प्रकाश श्रेष्ठ
भिमाद नगरपालिका-८ मा एमालेको प्यानल विजयी, वडाध्यक्षमा अण बहादुर शाही
भिमाद नगरपालिका-९ मा एमालेको प्यानल विजयी, वडाध्यक्षमा रनबहादुर थापा