भिमाद । तनहुँको भिमाद नगरपालिका-९ मा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा रनबहादुर थापाले १ हजार ४० मत प्राप्त गरी विजयी भएका छन् ।
थापाका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका मनबहादुर थापाले ४९६ मत प्राप्त गरेका छन् ।
खुल्ला सदस्यमा रुद्रबहादुर क्षेत्री १ हजार ३, शिवकुमार आले १ हजार १, महिला सदस्यमा ओमकुमारी थापाले १ हजार ३८ र दलित महिला सदस्यमा डिलकुमारी बसेलले १ हजार ४० मत प्राप्त गरी विजयी भएका छन् ।