July 3, 2022

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाकाे अध्यक्षमा नेकपा एमालेका सुरेन्द्र बहादुर थापा विजयी भएका छन् । थापाले ३ हजार २२९ मतसहित विजयी भएका हुन् ।

उनले आफ्ना प्रतिष्पर्धी नेकपा माओवादी केन्द्रका पूर्णसिं थापा र नेपाली कांग्रेसका ध्रुबलाल प्रधानलाई हराउदै गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन् ।
थापाले ३ हजार १६६ मात र प्रधानले २ हजार ७८९ मत पाएका छन् । अध्यक्षमा पराजित थापा गाउँपालिकाको निवर्तमान अध्यक्ष हुन ।

यस्तै गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेसकी पञ्चमाया गुरुङ विजयी भएकी छिन । गुरुङले ३ हजार २७ मत पाएर विजयी भएकी हुन् । विजयी गुरुङले आफ्नो प्रतिष्पर्धी नेकपा माओवादी केन्द्रकी करुणा गुरुङलाई २ मतले हराएर उपाध्यक्षमा विजयी भएकी हुन् । पराजित करुणाले ३ हजार २५ मत पाएकी छिन । यस्तै एमाले-जोशी समुह (स्वतन्त्र) केश माया गुरुङले १ हजार ५९५ मत पाईन ।

उपाध्यक्षमा पराजीत करुणा गाउँपालिकाको निवर्तमान उपाध्यक्ष हुन । अहिले उनले जम्मा २ मतले कांग्रेसकी पञ्चमाया गुरुङ संग पराजित भईन ।

गाउँपालिकाको अध्यक्षमा ६३ र उपाध्यक्षमा २ मतान्तर परेको छ । बन्दीपुर गाउँपालिका कुल १० हजार २०५ मत खसेको थियो । गाउँपालिकामा कुल १५ हजार ६३८ मतदाता छन् ।

बन्दीपुर गाउँपालिकामा ६ वटा वडामा नेकपा एमालेले ३ वटा वडा, नेकपा माओवादीले २ वटा वडा र नेपाली कांग्रेसले एउटा वडा जितेको छ । एमालेले बन्दीपुर-१ , ४ र ६, माओवादीले २ र ५, कांग्रेसले ३ नम्बर वडा जितेको छ ।

                  कुन वडामा को विजयी ?

तनहुँको बन्दीपुर गाउँपालिका-१ को वडाअध्यक्षमा एमालेका शिवकुमार श्रेष्ठ विजयी

बन्दीपुर गाउँपालिका-२ को वडाध्यक्षमा माओवादीका तिलकबहादुर कुंवर विजयी

बन्दीपुर गाउँपालिका-३ मा कांग्रेसको प्यानल विजयी, वडाध्यक्षमा परमेश्वर भट्टराई

तनहुँको बन्दीपुर-४ मा एमालेको प्यानल नै विजयी, वडाध्यक्षमा थापा (मत सहित)

तनहुँको बन्दीपुर गाउँपालिका-५ मा माओवादीको प्यानल विजयी, वडाध्यक्षमा पुन: ध्रुव प्रसाद लामिछाने

बन्दीपुर गाउँपालिका-६ को वडाध्यक्षमा एमालेका बलबहादुर गुरुङ विजयी

Leave a Reply

Your email address will not be published.

सामाजिक विकास कार्यालय तनहुँ

Holler Box