बन्दीपुर । तनहुँको बन्दीपुर गाउँपालिका-३ मा कांग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा परमेश्वर भट्टराईले ४०५ मत ल्याएर विजयी भएका छन् ।

उनका प्रतिष्पर्धी नेकपा माओवादी केन्द्रका नारायण केसीले ३७४ मत र नेकपा एमालेका रेशम बहादुर थापाले २९४ मत ल्याएका छन् ।

यस्तै वडा सदस्यहरुमा सबै कांग्रेस कै उम्मेदवार विजयी भएका छन् । महिला सदस्यमा विष्णुमाया भट्टराईले ३९८ मत, दलित महिला सदस्यमा देवी विकले ४०३ मत, खुल्लाद्वयमा राम बहादुर कुवँरले ४१० मत र इन्द्र बहादुर थापाले ४४९ मत पाएर विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *