June 25, 2022

शुक्लागण्डकी । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं-२ मा पनि नेपाली काँग्रेस विजयी भएको छ । अन्तिम मतपरिणाम अनुसार काँग्रेसका सुमनबहादुर राना वडाध्यक्षमा ५९ मत अन्तरले विजयी भएका हुन् । रानाले ९२५ मत पाउँदा प्रत्याशी एमालेका तिर्थराज खनालले ८६६ मत ल्याएका थिए । सुरुदेखि नै अग्रता कायम गर्दै आएका सुमनले अन्ततः जित हाँसिल गरे । त्यस्तै माओवादी केन्द्रका शंकर पन्तले ४२१ मत पाए ।

२०७४ को स्थानीयय निर्वाचनमा सुमन एमालेका जगत बहादुर गुरुङसंग पराजित भएका थिए । गुरुङले ७४० मत पाउँदा कांग्रेसका सुमनले ५६३ मत मात्रपाएका थिए । नेकपा माओवादी केन्द्रका शरण सापकोटाले ३१७ मत ल्याएका थिए ।

पराजित भएपनि निरन्तर जनताको काम र सेवामा सक्रिय रहदै आएका सुमनलाई यसपाली जनताले मुल्यांकन गरी विजयी गराइदिएका छन् । अन्य वडा सदस्यमा भने एमालेबाट विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published.

Holler Box