July 3, 2022

शुक्लागण्डकी । तनहुँको शुक्लागण्डी नगरपालिका वडा नं-३ मा नेपाली काँग्रेसले जितेको छ । चुनावी प्रतिष्पर्धामा इतिहासमै जित्न नसकेको वडा यसपाली काँग्रेसले अत्याधिक मतसहित जितेको हो । एमालेको गढ मानिएको वडा नं ३ मा नेपाली काँग्रेसको वडाध्यक्ष उम्मेदवार सचिन भुजेलको प्यानल नै विजयी भएको छ ।

भुजेलले ८०५ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भए । उनका निकटम प्रतिद्धन्दी नेकपा एमालेका राजन रिमालले ४८० र माओवादी केन्द्रका कमलबहादुर थापाले १९८ मत प्राप्त गरेका छन् । वडामा १ हजार ७०६ मत खसेको थियो ।

खुल्ला वडा सदस्य विजय श्रेष्ठले ६२९, केशरबहादुर थापा मगरले ७०५, खुला महिला वडा सदस्यमा उमादेवी सुवेदी ७१२ र दलित महिला वडा सदस्यमा लक्ष्मी सुनारले ७०७ मत ल्याएर विजयी भएका छन् ।

एमालेबाट खुल्ला महिला सदस्य उम्मेदवार शुभद्रा लम्सालले ४८५, दलित महिला सदस्य नुनमाया कामीले ४७१, खुल्ला सदस्यमा रुपा थापाले ३७० र मिनबहादुर सुर्वणकारले ३७० मत ल्याएका छन् । माओवादीतर्फ महिला सदस्य उषा श्रेष्ठले २२९, दलित महिलातर्फ जमुना सुनारले २२०, खुल्ला वडा सदस्यमा दिपक सापकोटाले ३०९ र सुमन आलेले ३१० मत पाएका छन् ।

यो वडा २०७४ को निर्वाचनमा एमालेका उम्मेदवार रामकुमार श्रेष्ठले जिल्लामै सवैभन्दा धेरै मतान्तरले जितेको वडा हो ।

Leave a Reply

Your email address will not be published.

सामाजिक विकास कार्यालय तनहुँ

Holler Box