June 25, 2022

शुक्लागण्डकी । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं-४ मा नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवार राजकुमार वाग्ले विजयी भएका छन् । आइतबार सार्वजनिक अन्तिम मतपरिणाम अनुसार वडा नं-४ मा वाग्लेको प्यानल नै विजयी भएको हो ।

वाग्लेले ७७८ मत ल्याएर विजयी भए । उनका प्रत्याशी एमालेका विष्णुबहादुर रानाले ६४८ मत ल्याएका थिए । वाग्लेले १३० मतान्तरले विजयी भएका हुन् ।

वडा सदस्यतर्फ महिला सदस्यमा मिठुमाया थापा मगर ७९९, दलित महिला सदस्य मिना रोका सुनार ७८७, खुल्ला सदस्यतर्फ मदन श्रेष्ठ ७८२ र महिप ज्वारचन ७७९ मत प्राप्त गरी विजयी भएका छन् ।

एमालेको खुल्ला महिला सदस्य शर्मिला श्रेष्ठ ५८५, दलित महिला सदस्य मनिषा वि.क ५७५, खुल्ला सदस्यमा पदमबहादुर बानियाँ ५३९ र प्रकाश लामिछानेले ६१३ मत पाएका थिए ।

गएको निर्वाचनमा पनि यस वडा काँग्रेसले एक सय मतान्तरले जितेको थियो ।

Leave a Reply

Your email address will not be published.

Holler Box