July 3, 2022

शुक्लागण्डकी । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ को वडाध्यक्षमा नेकपा एमालेका दिर्घबहादुर थापा विजयी भएका छन् ।

थापाले १ हजार २१९ मत प्राप्त गर्दै जित हासिल गरेका हुन् । वडाध्यक्षका प्रत्यासी नेपाली कांग्रेसका हरिराज अधिकारीले भने ६६४ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका मित्रबन्धु पौडेलले १४० मत प्राप्त गरेका थिए । वडाध्यक्षको लागि एकिकृत समाजवादी र राप्रपाले क्रमशः ४४ र ११४ मत प्राप्त गरे ।

खुला वडा सदस्यमा धनेश्वर श्रेष्ठले १ हजार २० र सितादेवी तिम्लिसिनाले १ हजार ५१ मत पाएका छन् । खुला महिला सदस्यमा सायरा बानुले १ हजार १५६ मत पाएर विजयी भइन् । दलित महिला सदस्यमा ज्योति विकले १ हजार ७६ मत पाएर विजयी भएकी छिन् ।

यो वडामा कुल २ हजार ३७५ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published.

सामाजिक विकास कार्यालय तनहुँ

Holler Box