July 3, 2022

शुक्लागण्डकी । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं-७ को वडाध्यक्षमा नेपाली काँग्रेसका खड्ग सिं थापा मगर विजयी भएका छन् । गत २०७४ को निर्वाचनमा हार व्यहोरेका काँग्रेसका मगर यसपाली लोकप्रिय मतका साथ वडाध्यक्षमा विजयी भएका हुन् ।

उनले एमालेको गढ मानिएको क्षेत्रमा ३६९ को फाराकिलो मतान्तरले जीत हाँसिल गरेका हुन् । वडाध्यक्षमा विजयी थापाले एक हजार ७९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी प्रेमबहादुर श्रेष्ठले ७२० मत ल्याएका थिए ।

२०७४ को निर्वाचनमा थापा एमालेका रामबहादुर क्षेत्री थापासंग १४९ मतान्तरले पराजित भएका थिए ।

वडा सदस्यमा भने एमालेले तीन वडा सदस्य जितेको छ । खुल्ला महिला सदस्यमा शारदा लम्साल ८५८ , दलित महिला सदस्यमा कविता वि.क र खुल्ला सदस्यमा गिरबहादुर थापाले ७७८ मत ल्याई विजयी भएका छन् । काँग्रेसबाट राजबहादुर थापा ८७८ मत प्राप्त गरी विजयी भए ।

Leave a Reply

Your email address will not be published.

सामाजिक विकास कार्यालय तनहुँ

Holler Box