June 24, 2022

शुक्लागण्डकी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको गृहवडामा नेकपा एमाले विजयी भएको छ । काँग्रेसको किल्ला मानिने शुक्लागण्डकी वडा नं ८ मा एमालेका नारायण सिं थापा मगर विजयी भएका हुन् ।

उनले १ हजार २८१ मत प्रप्त गरी विजयी हुँदा नेपाली काँग्रेसकी चन्द्राकला भट्टराइले १ हजार १६५ मत ल्याएकी थिइन् ।

वडा सदस्यमा दुई वडा सदस्य एमालेले र दुई वडा सदस्य नेपाली काङ्ग्रेसले जितेको छ । एमालेबाट खुल्ला सदस्यमा अशोक महत १२६७ र मानबहादुर क्षेत्री ११६८ मत प्राप्त गरी विजयी भए ।

महिला सदस्यमा काँग्रेसकी डम्बरकुमारी सिग्देल ११९८ र दलित महिला सदस्यमा सिर्जना विक १२०१ मत प्राप्त गरी विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published.

Holler Box