ऋषिङ । तनहुँको ऋषिङ गाउँपालिका-८ मा स्वतन्त्र उम्मेदवार भरतकृष्ण श्रेष्ठ वडाध्यक्षमा विजयी भएका छन् । उनि ३९७ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका रितबहादुर थापा मगरले ३८० मत र नेपाली काङ्ग्रेसका दानबहादुर श्रेष्ठले ३२७ मत प्राप्त गरे ।

यता महिला सदस्यमा नेपाली काङ्ग्रेसका विष्णुमाया थापाले ४५३, दलित महिला सदस्यमा काङ्ग्रेसकै खिलमाया विकले ४४९, खुल्ला सदस्यमा काङ्ग्रेसकै रामबहादुर सारुले ४३१ मत प्राप्त गरी विजयी भएका छन् । अर्को खुल्ला सदस्यमा नेकपा एमालेका श्यामकुमार श्रेष्ठले ४९८ मत प्राप्त गरी विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *