July 3, 2022

शुक्लागण्डकी । तनहुँको शुक्लागण्डकी वडा नं-१० नेकपा माओवादी केन्द्रले जितेको छ । बुधबार बिहान सार्वजनिक अन्तिम मतपरिणाम अनुसार माओवादी केन्द्रका राजेन्द्र भट्टराई क्षेत्री १६३ मतान्तरले विजयी भएका हुन् ।

क्षेत्रीले ९२५ मत प्राप्त गरी विजयी हुदाँ उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका खड्क विक्रम खाँठ ठकुरीले ७६२ मत ल्याएका थिए । एमालेका उम्मेदवार केशव बहादुर थापाले ६५८ मत पाए ।

यस्तै वडा सदस्यमा नेपाली काँग्रेसका दुई र एमालेका दुई जना विजयी भएका छन् । काँग्रेसबाट खुल्ला महिला सदस्यमा तिलादेवी राना आलेले ८२८ र खुल्ला सदस्य बिमल रानाले ८०९ मत प्राप्त गरी विजयी भए । एमालेबाट खुल्ला सदस्यमा कुश्माखर खत्रीले ८०७ र दलित महिला सदस्य पेमाया वि.कले ७६१ मत ल्याएर विजयी भएका छन् ।

गत २०७४ को निर्वाचनमा पनि माओवादीले वडाध्यक्ष जित्दा वडा सदस्य काँग्रेस र एमालेले जितेको थियो ।

Leave a Reply

Your email address will not be published.

सामाजिक विकास कार्यालय तनहुँ

Holler Box