June 25, 2022

तनहुँ । तनहुँको व्यास नगरपालिका ८ स्थित रिस्तीको दुई वटा मतदान केन्द्रमा मतदान सकिएको छ । आज बुधबार व्यास-८ को गाविस भवन मतदान केन्द्र क र ख मा पुन: मतदान भएको थियो ।

कुल १ हजार ५ सय ७६ मतदाता रहेको उक्त मतदान केन्द्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म ९ सय ९५ मत खसेको निर्वाचन अधिकृत मित्रलाल भट्टराईले जानकारी दिए ।

यसअघि वैशाख ३० गते भएको मतदानमा ९ सय २२ मत खसेको थियो ।

वैशाख ३० गते उक्त मतदान केन्द्रमा भएको मतदानमा विवाद भएपछि बुधबार पुन: मतदान भएको हो । वैशाख गते सो मतदान केन्द्रमा व्यास नगरपालिकाको मेयरका उम्मेदवार दीपकराज जोशीमाथी कुटपिट समेत भएको थियो ।

यता काङ्ग्रेसका नेता, कार्यकर्ताले भने मेयरका उम्मेदवार जोशीले मतपत्र च्यातेको आरोप लगाएका छन ।

सोही विवादका कारण निर्वाचन आयोगले आज पुन:मतदान गर्ने निर्णय गरेको थियो ।

      यो पनि :

व्यास-८ रिस्तीमा ९७५ मत खस्यो, मतदान जारी

Leave a Reply

Your email address will not be published.

Holler Box