June 25, 2022

शुक्लागण्डकी । तनहुँको शुक्लागण्डकी नगरपालिकाको प्रमुख उपप्रमुखमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन विजयी भएको छ ।

नगरप्रमुख (मेयर)मा नेपाली कांग्रेसका कृष्णराज पण्डित र उपप्रमुख (उपमेयर)मा नेकपा माओवादी केन्द्रका खुम बहादुर विक (राजु) विजयी भएका छन् ।

मेयरमा विजयी पण्डितले १२ हजार २६३ मत ल्याएका छन् । उनका प्रतिष्पर्धी नेकपा एमालेका मुक्तिनाथ तिम्सिनाले ९ हजार ८४० मत पाएका छन ।

मेयरमा विजयी पण्डितले मतगणनाको सुरुवातदेखि नै अग्रता कायम गरेका थिए ।

यता उपमेयरमा विजयी विकले १० हजार २६२ मत ल्याएका छन् । उनका प्रतिष्पर्धी नेकपा एमालीकी फुलमाया वाग्लेले ९ हजार ९५७ मत पाएकी छिन ।

शुक्लागण्डकी नगरपालिकामा ३८ हजार ३१५ मतदाता रहेकोमा वैशाख ३० गते २५ हजार ९९७ मत खसेको थियो ।

शुक्लागण्डकीको १२ वटा वडा मध्य नेपाली काङ्ग्रेसले नम्बर १, २, ३, ४, ७, नेकपा एमालेले ५, ६, ८, ९, ११, १२ र नेकपा माओवादी केन्द्रले वडा नम्बर १० जितेको छ ।

शुक्लागण्डकी नगरपालिकामा ३८ हजार ३१५ मतदाता रहेकोमा वैशाख ३० गते २५ हजार ९९७ मत खसेको थियो ।

कुन वडामा को विजयी  ?

शुक्लागण्डकी-१ को वडाध्यक्षमा रविचन्द्र पौडेल, शुक्लागण्डकी-२ को अध्यक्षमा सुमन मगर, शुक्लागण्डकी-३ को अध्यक्षमा सचिन भुजेल, शुक्लागण्डकी-४ को अध्यक्षमा राजकुमार वाग्ले, शुक्लागण्डकी-५ को अध्यक्षमा दीर्घबहादुर थापा, शुक्लागण्डकी-६ को अध्यक्षमा बुद्धि थापा, शुक्लागण्डकी-७ को अध्यक्षमा खड्गसिं थापा, शुक्लागण्डकी-८ को अध्यक्षमा नारायणसिं थापा, शुक्लागण्डकी-९ को अध्यक्षमा धनबहादुर थापा, शुक्लागण्डकी-१० को अध्यक्षमा राजेन्द्र भट्टराई क्षेत्री, शुक्लागण्डकी-११ को अध्यक्षमा शालिकराम भट्टराई र शुक्लागण्डकी-१२ को अध्यक्षमा इन्द्र गुरुङ विजयी भएका छन् ।

यो पनि :

शुक्लागण्डकी नगरपालिका-१ मा कांग्रेसको प्यानल विजयी, वडाध्यक्षमा रविचन्द्र पौडेल

शुक्लागण्डकी -२ को वडाध्यक्षमा काँग्रेसका सुमन बहादुर राना विजयी, वडासदस्यमा सबै एमाले

शुक्लागण्डकी नगरपालिका-३ मा काँग्रेसको प्यानल विजयी, वडाध्यक्षमा सचिन भुजेल

शुक्लागण्डकी-४ मा काँग्रेसको प्यानल नै विजयी, वडाध्यक्षमा राजकुमार वाग्ले

शुक्लागण्डकी–५ मा एमालेको प्यानलै विजयी, वडाध्यक्षमा दिर्घबहादुर थापा

शुक्लागण्डकी-६ मा एमालेको प्यानल विजयी, वडाध्यक्षमा बुद्धिबहादुर थापा

शुक्लागण्डकी-७ को वडाध्यक्षमा काँग्रेसका खड्ग सिं थापा मगर विजयी

काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको गृहवडामा एमाले विजयी, वडाध्यक्षमा नारायण सिं थापा मगर विजयी

शुक्लागण्डकी–९ मा एमालेको प्यानल विजयी, वडाध्यक्षमा धनबहादुर थापा

शुक्लागण्डकी-१० को वडाध्यक्षमा माओवादीका राजेन्द्र भट्टराई क्षेत्री विजयी

शुक्लागण्डकी–११ को वडाध्यक्षमा एमालेका शालिकराम भट्टराई विजयी

शुक्लागण्डकी-१२ मा एमालेको प्यानल विजयी, वडाध्यक्षमा इन्द्र गुरुङ ९ मतान्तर विजयी

Leave a Reply

Your email address will not be published.

Holler Box